करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै १ करोड माग्ने व्यक्ति पक्राउ
जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने प्रलोभन देखाएर मोटो रकम लिएको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । आफ्नो प्रहरी, वकिल र अदालतसँग सेटिङ भएकाले जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । उनी गत वर्षदेखि फरार रहँदै आएका थिए ।
करणी गरेको अभियोगमा पक्राउ परेकालाई १ करोड रुपैयाँ दिए मुद्दा मिलाइदिने भन्दै १२ लाखको चेक र १ लाख १० हजार नगद लिएर ठगी गर्ने सुर्यलाल खड्का र कमन भन्ने कमानबहादुर तामाङलाई तत्कालै राष्ट्र बैंक चोकस्थित एक खाजा घरबाट गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो । तर,सोही घटनामा संलग्नता रहेको खुलेका त्रिपाठी भने फरार रहँदै आएका थिए ।
त्रिपाठीलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जनाएको छ । निज अभियुक्तलाई ठगी र जबरजस्ती करणी कसुरमा मिलापत्र गर्न गराउन नहुने मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण