शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गुल्मीमा चट्याङ्ग लागेर घाइते महिलाको मृत्यु

बिहीबार, २८ साउन २०७८, ०९ : २९
बिहीबार, २८ साउन २०७८

गएराति गुल्मीमा चट्याङ्ग लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका  गाउँपालिका–२ पाटाखर्क  निवासी २८ बर्षीया महिला कमला पर्तेलको मृत्यु भएको हो ।

गएराती मोबाइल चार्ज गर्ने क्रममा चट्याङ्ग लागेर गम्भीर घाइते भएकी कमलाको मृत्यु जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

डिएसपी पाण्डेका अनुसार हिजो नै इस्मा गाउँपालिकाका ११ बर्षीय बालक राहुल गन्दर्भ सहित दुई जनाको मृत्यु भएको थियो ।

उनका अनुसार हिजो साँझ इस्मा गाउँपालिका–४ दोहोली कुखुरिकाच्यानाका ११ बर्षीय बालक राहुल गन्दर्भ चट्याङ्ग लागेर गम्भीर घाइते भई उपचारका लागि सदरमुकाम जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

उनीसँगै गम्भीर घाइते उनका बाबु रामबहादुर गन्दर्भ, सोही वडा मालारानी गाउँकी २५ बर्षीया  रुपा नेपाली र उनका भानिज ११ बर्षीय किस्मत नेपालीलाई जिल्ला अस्पताल तम्घासबाट थप उपचारका लागि गएराती नै पाल्पा पठाइएको छ ।

चट्याङ्ग लागेर थप घाइते त्यस वडा ढाँडा गाउँकी १७ बर्षीया राधा खत्री , २३ बर्षीया गोमा खत्री र ३१ बर्षीया शर्मिला खत्रीको स्थानीय स्वास्थ्य केन्द्र मै उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप