छिटै विश्वासको मत लिन्छु : मुख्यमन्त्री के.सी.
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धन सरकारले छिटै विश्वासको मत लिने बताएका छन् । उनले विश्वास मत मन्त्रालय बाँडफाँड विषयलाई छिटै टुङ्ग्याउँदै तयारीमा आफूहरू रहेको बताए । उनले विशेष अधिवेशन अन्य भएपछि नियमित अधिवेशन आह्वान हुने त्यसमा छिटै विश्वासको मत ल्याउने बताए ।
पहिलो बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री केसीले लामो समयदेखि रोकिएका अड्चनहरू टुङ्गिएकाले अब लुम्बिनी प्रदेशलाई सङ्घीयता कार्यान्वयन र विकासको नमुना प्रदेश बनाउने तर्फ सरकार केन्द्रीत हुने बताए ।
उनले विकास, लोकतन्त्र र सङ्घीयतालाई व्यवहारमै कार्यान्वयनमा लैजाने बताएका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेकाले गठबन्धनको नीति तथा कार्यक्रमलाई साझा कार्यक्रमका रूपमा अगाडि बढाउने बताए । उनले नयाँ ठाउँमा राजधानी बनाउने र कर्मचारी व्यवस्थापनको विषयमा पनि सहज ढङ्गले समाधान गर्ने विश्वास व्यक्त गरे ।
गठबन्धन दलमा फरक फरक विचार रहे पनि लोकतन्त्रको रक्षा र जारी गरेको संविधानलाई कार्यान्वयन गर्ने सहमति भएकोले नै गठबन्धन बनेको बताए । उनले गठबन्धन दलहरूले जनतालाई सेवा दिने गरी आपसी सहमतिबीच एउटा राम्रो संस्कार लिन दिनेगरी अगाडि बढ्ने बताए ।
उनले शंकर पोखरेलले ल्याएको बजेट नीति कार्यक्रम संशोधन गर्ने बताए । शपथग्रहणपछि ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका केसीले बिहीबार नै पदभार ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण