रेड पाण्डाको छाला सहित ३ जना पक्राउ
शुक्रबार, २९ साउन २०७८, १२ : २२
कपिलवस्तुको वाणगंगा नगरपालिका-४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशी रहेका छन् । उक्त लजमा रेडपाण्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले होटेल तलासी गर्ने क्रममा उक्त छाला र पुछर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण