बलात्कारका घटना बढ्दो, घरमै असुरक्षित छन् बालिका
चार दिनअघि गुल्मीमा हाडनाता भित्रका दाजुले १३ वर्षीय बहिनी बलात्कार गरेको खबर सेलाउन नपाउँदै फेरि गुल्मीमा एक पुरुषले भतिजी पर्ने ५ वर्षीय बालिका बलात्कार गरेको घटना प्रकाशमा आएको छ । बिहीबार जिल्लाको कालिगण्डकी गाउँपालिका–७, भुर्तङ्गकी ५ वर्षीय बालिकालाई काका नाता पर्ने ३६ वर्षीय पुरुषले बलात्कार गरेको तथ्य उजागर भएको हो । शुक्रबार पीडित बालिका र आरोपित पुरुषलाई त्यहाँबाट सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
पछिल्लो समय जिल्लामा बलात्कारका घटना बढ्न थालेको छ । बलात्कारमा घर परिवारकै पुरुषको संलग्नता समेत बढ्न थालेको छ । ४ दिन अघि मदाने गाउँपालिका–१ अग्लुङ्गका १७ वर्षीय किशोरले बहिनी पर्ने १३ वर्षीय बालिकालाई बलात्कार गरेको घटना प्रकाशमा आएको थियो । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गत चैत १५ गते रेसुङ्गा नगरपालिका–८ की १४ वर्षीय किशोरीले जिल्ला अस्पतालमा छोरालाई जन्म दिइन् । पीडित किशोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गर्दै आएको र उनै बाबुले गर्भधारण गराएको बयान दिइन् । पीडक बाबु अहिले जिल्ला कारागारमा छन् ।
गत माघ २६ मा मालिका गाउँपालिका–४ का २९ वर्षीय जगतबहादुर रानाले अपाङ्गता भएकी १३ वर्षीय बालिकालाई बलात्कार गरे । प्रहरीले उनलाई पक्राउ कानुनी कारवाही अघि बढाइसकेको छ । राना अहिले कारागारमा छन् । जिल्ला अदालतका अनुसार पछिल्लो एक वर्षमा ३५ वटा बलात्कार तथा बलात्कार प्रयासका मुद्दा अदालतमा दर्ता भएका छन् । तीमध्ये ३० बलात्कार र ५ बलात्कार उद्योगका मुद्दा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण