स्थायी राजधानी भालुबाङ पुगेर शहरी विकास मन्त्रीद्वारा पदभार ग्रहण
सबै मन्त्रालय छिट्टै सार्ने मन्त्री चौधरीको प्रतिबद्धता
शुक्रबार, २९ साउन २०७८, २२ : १२
लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको स्थायी राजधानी भालुबाङस्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने बताए । उनले सबै मन्त्रालय छिट्टै स्थायी राजधानी सार्ने प्रतिबद्धता समेत जनाए । पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।
पदभार ग्रहण गर्नु अघि मन्त्री चौधरीले मौरिघाट चोकमा पुगेर शहीद श्रीनारायण चौधरीको शालिकमा माल्यार्पण गरेका थिए। मन्त्री भएर चौधरी गृह जिल्ला आएका चौधरीलाई भेट्न नेता तथा कार्यकर्ताको घुइँचो लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण