लुम्बिनीमा एमालेको विज्ञप्तिप्रति प्रदेश प्रमुखको सचिवालयको कडा जवाफ
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले प्रदेश सभाका दुई सांसदको विषयलाई लिएर प्रदेश प्रमुख माथि आक्षेप लगाएको भन्दै प्रदेश प्रमुखको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीवार लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका मन्त्री अजय बहादुर शाही र सांसद विमला वली एमाले सांसद रहेको जिकिर गर्दै एमाले अध्यक्ष गिरीले प्रदेश प्रमुख अमिक शेरचननै गैरसंवैधानिक कार्यमा सम्लग्न भएको आरोप लगाउदै प्रेस विज्ञप्ति जारी गरेका थिए ।
उक्त प्रेस विज्ञप्तिप्रति प्रदेश प्रमुखको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुक्रबार एक विज्ञप्तिमार्फत एमालेलाई कडा जवाफ फर्काएको हो।
प्रदेश प्रमुखको स्वकिय सचिवालयका प्रेम नारायण आचार्यद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख कुनै दलको सदस्य नहुने स्पष्ट पार्दै संविधानको दिएको जिम्मेवारी पुरा गर्ने काम बाहेक अन्य केही नगर्ने उल्लेख गरिएको छ । प्रदेश प्रमुखलाई अनावश्यक रुपमा तुच्छ आरोप लगाउन कार्य निन्दनीय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुखको सचिवालयको विज्ञप्ति

गिरीको विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण