अर्घाखाँचीमा पहिरोमा पुरिँदा एक मजदुरको मृत्यु
शनिबार, ३० साउन २०७८, ०९ : ५०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनी गाउँपालिका वार्ड नम्बर ६, लामडाडाका ४३ वर्षिय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको हो ।
पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनार माथिबाट पहिरो आएपछी पुरिएका थिए । प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर गए राति सुनारको शव फेला पारेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण