एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु
शनिबार, ३० साउन २०७८, १० : ०१
रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।
माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।
भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण