घुस रकमसहित इन्जिनियर पक्राउ
सुर्खेत –क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल घुस रकम लिँदै गर्दा रंगेहात अख्तियारको टोलीबाट पक्राउ गरेको छ । छिन्चुको होटल स्टार एण्ड लजमा बास बसेका खरेलले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले गएराती साढे ८ बजे पक्राउ गरेको हो ।
खानेपानी आयोजनाको पेश्की, कार्यसम्पन्न प्रतिवेदन, भुक्तानी सहजीकरणका मिलाइदिने भन्दै इन्जिनियर खरेलले सेवाग्राहीसंग ८७ हजार रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार खरलेले घुस रकम कार्यालयका खानेपानी सहायक टेक्नीसियन दलबहादुर घर्तीलाई बुझ्न लगाएका थिए ।
‘सेवाग्रहीको रकम आफ्ना कर्मचारीलार्य बुझ्न लगाए’ सापकोटाले भने ,–‘कर्मचारीले बुझेको रकम इन्जिनियर खरेलले बुझ्दै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।’
रंगेहात पक्राउ परेका खरेल र घर्तीमाथि अनुसन्धान भइरहेको र आफूहरुले थप प्रमाण संकलन गरिरहेको जानकारी दिएका सूचना अधिकारी सापकोटाले प्रमाण संकलन र कागजपत्र पूरा भएपछि मुद्दा दायर गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण