बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनमा गठबन्धनको तयारी, यी हुन् माओवादी निकट दाबेदार

बिहीबार, १० भदौ २०७८, १७ : ०२
बिहीबार, १० भदौ २०७८

यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्रास्ट्रिय समन्वय परिषदको महाधिवेशन आगामी अक्टोबर २१ –२३ का दिन काठमाडौँमा हुँदैछ । महाधिवेशनले अध्यक्षसहित १७ जना पदाधिकारी निर्वाचित गर्नेछ । यसपटकको एनआरएनए चुनावमा काँग्रेस र माओवादी निकटस्थहरुको गठबन्धन बन्ने सम्भावना बढेको छ ।

यस पटकको निर्वाचनमा रसियाबाट बर्तमान उपाध्यक्ष बद्री केसी, अमेरिकाबाट अर्की उपाध्यक्ष रबिना थापा र बेलायतबाट बर्तमान सल्लाहकार कुल आचार्यले अध्यक्ष पदमा उम्मेद्वारी दिने निश्चितजस्तै भएको छ । आचार्य गत अधिवेशनमा बर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाले एनआरएनएको समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ । माओवादी केन्द्र प्रवास विभागले काँग्रेसनिकट मानिएका अध्यक्षका उम्मेद्वार कुल आचार्यसँग सहकार्य गर्नुपर्ने निस्कर्ष निकालेको बुझिएको छ ।

वर्तमान उपाध्यक्ष केसी बामपन्थी निकट भए पनि उनको टीममा प्रजातान्त्रिक खेमाको नै वर्चस्व रहेको देखिन्छ । बेलायतस्थित एक विश्व बिद्यालयमा प्राध्यापन गर्दै आइरहेका वर्तमान महासचिब डा हेमराज शर्मा  र जापानमा बसेर ब्यवसाय गर्दै आइरहेका वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले पनि उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।

प्रजातान्त्रिक खेमाका उनीहरु दुबैजना केसी निकट मानिन्छन् । त्यसैगरी महासचिवका अर्का उम्मेद्वार अमेरिकाका गौरीराज जोशीले पनि बद्री केसीलाई नै समर्थन गर्ने भएका छन् ।

माओबादी केन्द्र निकट मानिने बर्तमान प्रबक्ता समेत रहेका ओमानका डीबी क्षेत्रीले पनि उपाध्यक्ष पदमा उम्मेद्बारी दिने भएका छन् । त्यस्तै माओबादी केन्द्र निकट कतारका ब्यवसायी सचिव राजेन्द्र कुमार शर्मा (आरके) ले पनि उपाध्यक्ष पदमा नै दाबी गरेका छन् ।

एकजना महिला र एकजना युवासहित उपाध्यक्ष पदमा ६ जना निर्वाचित हुनेछन् । काँग्रेस निकट मानिएका कुल आचार्यसँग सहकार्य गरेको अवस्थामा माओवादी केन्द्रले क्षेत्री र शर्मा दुबैजनालाई उपाध्यक्षमा पठाउने सम्भावना रहेको छ ।

त्यसैगरी माओबादी केन्द्र निकट मानिएका बेल्जियमका ब्यवसायी बर्तमान सहकोषाध्यक्ष लोक दाहालले कोषाध्यक्षमा उम्मेद्बारी दिने तयारी गरेका छन् । सचिबमा जापानका ओम गुरुङ, सहकोषाध्यक्षमा जापानकै वीरेन श्रेष्ठ र युवा संयोजकमा आयरल्याण्ड निवासी मिलन छन्त्यालले उम्मेद्बारी दिनेछन् ।

एसिया प्यासिफिक क्षेत्रको संयोजकमा कोरियाका बिनोद कुँवर, मध्यपूर्ब क्षेत्रको संयोजकमा साउदी अरबका राजेन्द्र अर्याल (जोन), मध्यपूर्ब क्षेत्रको उपसंयोजकमा यूएईबाट बालकृष्ण मरासिनी र कतारबाट रमेश भट्ट, युरोप क्षेत्रको उपसंयोजकको लागि अस्ट्रियाबाट धर्मराज खतिवडा र बेल्जियमका चित्र सुबेदीले उम्मेद्बारी दिने सम्भावना रहेको छ ।  यिनीहरु सबै माओबादी निकट मानिन्छन् ।

एनआरएन गठनको सुरुवाती चरणमा एनआरएनलाई पुँजीपति बर्गको संस्था भनेर आलोचना गरे पनि हाल आएर माओबादी निकट कार्यकर्ताहरुमा पनि एनआरएनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको पाइन्छ ।

विशेष गरी मध्यपूर्बमा मजदूरहरुको हितमा एनआरएनलाई उपयोग गर्नुपर्छ भन्ने माओबादी कार्यकर्ताहरुको संख्या धेरै छ । सन् २००३ मा गठन भएको एनआरएनएमा माओवादी शुभेच्छुकहरुको उपस्थिति सन् २००९ देखि मात्र भएको पाइन्छ ।

हाल संसारभरिमा झण्डै ७ सय प्रतिनिधि माओबादी शुभेच्छुकहरु रहेको आँकलन् गरिएको छन् । आईसीसी स्रोतका अनुसार यसपटक अनुमानित ३ हजार ६ सय प्रतिनिधिहरुले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनमा माओवादी शुभेच्छुकहरुको भोट निर्णयक हुने भएकोले अध्यक्षका दुबै प्रत्यासीहरुले आफ्नो पक्षमा पार्ने प्रयासमा लागेका छन् ।

लामो समय एनआरएनमा अनुभव सँगालेका प्रवक्ता क्षेत्रीसहित अधिकाँश उम्मेद्वारहरु केसीको पक्षमा खुलेका छन् । यद्दपि माओवादीहरुको समर्थन कसलाई होला भनेर अहिले नै निर्क्यौल गरिहाल्ने समय भने भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप