शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एमाले कार्यकर्ताविरुद्ध मुद्दा दर्ता

सोमबार, १४ भदौ २०७८, २२ : ००
सोमबार, १४ भदौ २०७८

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गर्ने २ जनालाई प्रहरीले पकाउ गरेको छ ।  उनीहरुलाई सोमबार पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तर पक्राउ कसलाई गरिएको हो भन्ने कुरा भने प्रहरीले खुलाएको छैन । 

चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये २ जनालाई पक्राउ गरिएको हो ।  चार जना अहिले फरार रहेको प्रहरीले जनाएको छ ।  चार दिनसम्म पनि प्रहरीले मुख्य आरोपी नेकपा एमाले निकट अनेरास्ववियु दाङका संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई पक्राउ गर्न सकेको छैन ।

कोरोना महामारीबीच अग्रभागमा खटिने राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने मुख्य आरोपी २ जनालाई  पक्राउ गरि स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

सरकारले ल्याएको नयाँ अध्यादेश पछि नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धी अध्यादेश बमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्बाङ्ले बताए ।  उनले बाँकी चारजना फरार अभियुक्तलाई पनि पक्राउ गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप