बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थको लभ लाइफ : यी अभिनेत्रीसँग जोडिएको थियो नाम

बिहीबार, १७ भदौ २०७८, १७ : ५३
बिहीबार, १७ भदौ २०७८

अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार हृदयघातका कारण निधन भयो । उनको मुम्बईस्थित कुपर अस्पतालमा मृत्यु भएको हो । ४० वर्षका शुक्ला टेलिभिजन उद्योगका चर्चित अभिनेता थिए । उनले बिग बोसको १३ औँ संस्करण समेत जितेका थिए । टेलिभिजनका राम्रो अभिनेता मानिएका शुक्लाको करियरमा थुप्रै अभिनेत्रीसँग नाम जोडिएको थियो । जसको चर्चा यहाँ गर्न खोजेका छौ ।

तनिषा मुखर्जी : सिद्धार्थले शुक्लाले अभिनेत्री काजोलकी बहिनी तनिषा मुखर्जीसँग खतरोका खेलाडी सीजन ७ मा काम गरेका थिए । त्यसपछि उनीहरु एकसाथ धेरै पटक कफी डेटमा देखिए । तर दुबैले सम्बन्धको बिषयमा खुलेर कहिलै बोलेनन् ।

आकांक्षा पुरी : तनिषा मुखर्जीपछि सिद्धार्थको नाम मधुर भन्डाकरको फिल्म ‘क्यालेन्डर गर्ल’ अभिनेत्री आकांक्षा पुरीसँग जोडिएको थियो । आकांक्षाको सामाजिक सञ्जालको पोष्टबाट उनीहरुको सम्बन्ध बाहिर आएको थियो । तर दुबैले सार्वजनिक रुपमा भने सम्बन्धको बिषयमा कहिल्यै बोलेनन् 

दृष्टि धामी : सिद्धार्थको नाम रियालटी शो ‘झलक दिखला जा’ को समय दृष्टि धामीसँग जोडिएको थियो । तर, पछि धामीको नीरज खेमकासँग विवाह भयो ।

रश्मी देसाई : सिद्धार्थ र रश्मी देसाईको ‘बिग बो’ मा एक भयाङ्कर झगडा भएको थियो । बिग बोस अगाडि यी दुबै सिरियल ‘दिल से दिल त’ मा एकसाथ देखिएका थिए । सिरियलको केमिस्ट्री धेरै दर्शकले रुचाएका थिए । पछि दुबैको झगडा र ब्रेकअपको खबर बाहिर आयो ।

आरती सिंह : सिद्धार्थसँग जोडेर आरती सिंहको पटक पटक सम्बन्धको चर्चा भयो । तर दुबैले यो बिषयमा कहिल्यै केही भनेनन् ।

पवित्र पुनिया : एक समय पवित्र पुनियासँग पनि सिद्धार्थको नाम जोडिएको थियो । त्यो समय यी दुबै टिभी सिरियल ‘लव यु जिन्दगी’ काम गर्थे । सो समय दुबैको अफेयर्सको चर्चा समेत चल्यो । तर दुबै अफिरियल रुपमा कहिलै खुलेनन् ।

शेफाली जरिवाला : बिग बोसको हिस्सा रहेकी शेफाली जरिवालासँग एक समय सिद्धार्थको अफेयरको चर्चा चलेको थियो । एक मिडियासँगको कुराकानीमा शेफालीले सो कुरो बाहिर ल्याएकी थिइन् । उनले आफुहरुको भेटघाट भइरहने समेत बताएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप