आफ्नौ वडामा एक्लिए मुख्यमन्त्री आचार्य
माधव नेपाल समूह परित्याग गरेर केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य आफनै वडामा एक्लिएका छन् । मुख्यमन्त्री आचार्यको सुनसरी इनरुवा नगरपालिका ६ नम्बर वडाबाट एमालेबाट निर्वाचित वडा अध्यक्ष कोषराज अधिकारी र वडा सदस्य राजेश दाहाल एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मुख्यमन्त्री आचार्यको वडा समेत रहेको तात्कालीन मधेसा गाउँ विकास समिति हाल इनरुवा नगरपालिका ६ मा पर्दछ ।
अधिकारी र दाहाल शनिबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । इनरुवामा आयोजित नगरस्तरीय भेलामार्फत उनीहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । त्यसैगरी नेकपा एमालेका इनरुवा नगर कमिटी अध्यक्ष तीर्थ अधिकारी सचिव रमेश तिम्सिना एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। अधिकारी मुख्यमन्त्री आचार्यका पुराना सहयोगी समेत हुन् ।

उनी तत्कालीन नेकपा, जेठ २ अघिको एमाले र पछिल्लो समय आचार्यकै अगुवाइमा गठित एमाले समानान्तर कमिटीको नगर अध्यक्ष हुन् । शनिबारको कार्यक्रम उनकै नेतृत्वमा भएको हो । समाजवादीले शनिवार इनरुवामा बाबुराम दाहालको संयोजकत्वमा १ सय ७ सदस्यीय नगर कमिटी समेत गठन गरेको छ ।
आचार्यका छिमेकी एवम जनप्रतिनिधि राजेश दाहाल पनि समाजवादीको पक्षमा खुलेका छन् । आफ्नै वडाका अध्यक्षहरुले साथ छाडेपछि आचार्यको भूमिका शंकास्पद देखिएको एमाले ओली पक्षका नेताहरुले जनाएका छन् । ‘यतिका ठूला नेताहरुले आफ्नै वडाका, नगरका कार्यकर्ता आफ्नो साथमा ल्याउन–राख्न नसक्दा शंका स्वाभाविक हुन्छ’ एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले भने ‘यसले पार्टी वृत्तमा शंका जन्माएको छ ।’ सुनसरीमा अहिले जेठ २ लागु नभएको भन्दै एमालेमा तीव्र विवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण