बारा र रौतहटबाट ५ जना नक्कली नोट कारोबारी पक्राउ

बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया घर भएका सागर शुक्ला (२४ वर्ष), राजु कुशवाहा (२५ वर्ष), करैयामाई घर भएका ३६ वर्षका विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी छन् ।
उनीहरुको साथबाट २५ हजार नक्कली रुपैयाँ र हजारको नोट आकारमा काटेको ९३ वटा ‘पेपरको गड्डी’ बरामद गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । विशेष ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय बारा र रौतहटसँगको समन्वयमा निजगढको होटल तारा इनबाट ३ जनालाई र २ जनालाई रौतहटको गुजरा नगरपालिका–२ बाट पक्राउ गरेको हो । प्रहरीले रौतहटको गुजरामा गाई गोठमा लुकाएर राखेको अवस्थामा कागजका अड्डी बरामद गरेको छ ।
जाली नोटसहित पक्राउ परेकाहरुको मोटरसाइकल र स्कर्पियो गाडी बरामद गरिएको छ । आरोपीहरुमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता कुँवरले बताए । प्रहरी अप्रेशनबारे समाचार संकलनमा पुगेकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष मनिता पाण्डेले खिचेको भिडियो प्रहरीले हटाउन लगाएको छ । प्रहरीले पाण्डेको क्यामरा खोसेर भिडियो हटाएको भन्दै पत्रकारहरुले विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि