बारा र रौतहटबाट ५ जना नक्कली नोट कारोबारी पक्राउ
बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया घर भएका सागर शुक्ला (२४ वर्ष), राजु कुशवाहा (२५ वर्ष), करैयामाई घर भएका ३६ वर्षका विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी छन् ।
उनीहरुको साथबाट २५ हजार नक्कली रुपैयाँ र हजारको नोट आकारमा काटेको ९३ वटा ‘पेपरको गड्डी’ बरामद गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । विशेष ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय बारा र रौतहटसँगको समन्वयमा निजगढको होटल तारा इनबाट ३ जनालाई र २ जनालाई रौतहटको गुजरा नगरपालिका–२ बाट पक्राउ गरेको हो । प्रहरीले रौतहटको गुजरामा गाई गोठमा लुकाएर राखेको अवस्थामा कागजका अड्डी बरामद गरेको छ ।
जाली नोटसहित पक्राउ परेकाहरुको मोटरसाइकल र स्कर्पियो गाडी बरामद गरिएको छ । आरोपीहरुमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता कुँवरले बताए । प्रहरी अप्रेशनबारे समाचार संकलनमा पुगेकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष मनिता पाण्डेले खिचेको भिडियो प्रहरीले हटाउन लगाएको छ । प्रहरीले पाण्डेको क्यामरा खोसेर भिडियो हटाएको भन्दै पत्रकारहरुले विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण