बेसारको प्याक लगाएपछि गर्न नहुने ५ गल्ती
वर्षौंदेखि बेसार सुन्दरताका सामाग्रीहरुमा प्रयोग हुँदै आएको छ । विशेषगरी एन्टिअक्सिडेन्ट र एन्टिइफ्लामेट्री कम्पोनेन्ट पाइने भएकाले यसले छालामा हुने विभिन्न समस्यालाई हटाउन मद्दत गर्छ ।
बेसारलाई बेसन, आँटा वा दुधमा मिसाएर लगाउने गर्दा यसले राम्रोसँग काम गर्छ ।
अनुहारमा आउने एक्नी, चायाँपोतो जस्ता समस्याहरुलाई जरैदेखि निको पार्छ । तर, बेसारको प्याक लगाइसकेपछि केही गल्तीहरु गर्न हुँदैन । त्यस्ता गल्तीले सुन्दरतामा ह्रास ल्याउन सक्छ ।
१. बेसारको प्याक लगाउनेवित्तिकै साबुनले मुख धुन हुँदैन । २४ देखि ४८ घण्टापछि मात्रै साबुनले धुन सकिन्छ । बेसारको असर २४ घण्टापछि सम्म रहने भएकाले साबुन लगाउँदा निखार झन् हराउँछ त्यसैले यसको प्रयोगपछि साबुन लगाएर मुख धुन हुँदैन ।
२. बेसार लगाएको २० मिनेटभन्दा बढी अनुहारमा राख्नुहुँदैन । यदि लामो समयसम्म बेसार अनुहारमा राखियो भने पहेँलोपना बढ्छ ।
३. बेसारको प्याकमा अनावश्यक चीजहरु मिसाउनु हुँदैन । बेसारमा करक्युमिन हुन्छ । बेसारमा अन्य चीजहरु मिसाउँदा करक्युमिनसँग प्रतिक्रिया गर्ने चिज मिसाउँदा अनुहारलाई बेफाइदा पुग्छ । त्यसैले बेसारलाई गुलाब जल, दुध, दही र पानीसँग मात्रै मिसाउनु पर्छ ।
४. बेसारको प्याक लगाएपछि घामबाट बच्नुपर्छ । बेसारको प्याक लगाएर घाममा जाँदा छाला डढ्ने समस्या हुन्छ ।
५. बेसारको प्याक लगाउँदा गर्दन र घाँटीमा पनि पुरै लगाउन आवश्यक छ । अनुहार सँगसँगै घाँटी र गर्दनमा लगाउँदा सबैतिरको छालाको रङ एकै प्रकारको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
-
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण