भर्सटाइल भरतमणि !
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । अन्तिमस्पर्धामा उनले सन्तोष थापा र विक्की अग्रवाललाई पछि पर्दै उपाधि जित्न सफल भएका हुन् । उनले उपाधिसँगै कार र नगद २५ लाखसमेत प्राप्त गरेका छन् ।
प्रतियोगिताको सुरुदेखि नै उपाधिका दाबेदार मानिएका भरतमणि शोका निर्णायकदेखि दर्शकसम्म प्रिय मानिन्थे । उनले सुरु देखिनै आफूलाई प्रतिस्पर्धामा अब्बल साबित गर्दै आएका थिए । ताप्लेजुङबाट सहभागी उनी प्रतियोगितामा उत्कृष्ट क्यारिकेचर, कन्टेन्टमा विविधता, कन्फिडेन्ट पफर्मेन्सका लागि चिनिन्थे । पौडेल पछिल्लो समय उत्कृष्ट ४ को प्रस्तुतिमा समेत ‘पर्फमर अफ द राउण्ड’ हुन सफल भएका थिए । त्यतिबेला उनले पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए ।

पौडेलको प्रस्तुति कस्ता–कस्ता ?
भरतमणि प्रतियोगितामा भेराइटी कन्टेन्ट दिएका कारण चर्चित थिए । उनले हरेक एपिसोडमा दर्शकले रुचाउने फरक–फरक कन्टेन्ट प्रस्तुत गर्दै आएका थिए । उनको घरबेटी र डेरावाल, डाक्टर साहेब, ज्येष्ठ नागरिक दुःख, पत्रकारको कथा र पूर्व युवराज पारसको क्यारिकेचर निकै रुचाइयो । ‘घरबेटी र डेरावाल’ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको क्यारिकेचरबाट उनको चर्चा सुरु भएको थियो भने सबैभन्दा चर्चित प्रस्तुति पूर्व युवराज पारसको क्यारिकेचर रह्यो । ‘घरबेटी र डेरावाल’को प्रस्तुतिमा उनले नेता बाँस्कोटादेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेका थिए । ‘ज्येष्ठ नागरिक दुःख’, ‘पत्रकारको कथा’मा भने उनले सम्बन्धित विषयमा रहेर समसामयिक व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

७ पटक ‘पर्फमर अफ द राउण्ड’ !
कमेडी च्याम्पियनको अहिलेसम्म दुई सिजन आयोजना भएको छ । दुवै सिजनमा भरतमणिले मात्र एक त्यस्तो प्रतियोगी हुन् जसले ७ पटक ‘पर्फमर अफ द राउण्ड’ जित्न सफल रहे ।
फिनालेमा निराश बनाए ?
भरतमणिले प्रतियोगिताको हरेक एपिसोडमा नयाँ–नयाँ प्रस्तुति दिएका थिए । त्यही अनुरूप फिनालेमा पनि उनको त्यही स्तरको प्रस्तुति दर्शकले अपेक्षा गर्नु स्वाभाविक हो । तर उनले सहकर्मी प्रतिस्पर्धीलाई व्यङ्ग्य गर्दै पुरानै कन्टेन्टले आफ्नो प्रस्तुति टालटुल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
