बर्दियामा २ फरार अभियुक्त पक्राउ
सोमबार, ०४ असोज २०७८, १५ : ५०
बर्दिया प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ८ का गोविन्द थारु र मधुवन नगरपालिका २ का किशोर दर्लामी रहेका छन् । आइतबार पक्राउ परेका थारु र दर्लामीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो । थारूलाई बर्दिया जिल्ला अदालतले २०७६ माघ २४ गते लेनदेन मुद्दामा १ वर्ष ६ महिना २६ दिनको कैद सजाय तोकेको थियो ।
अदालतको फैसलालगत्तै उनी फरार रहेका थिए । दर्लामीलाई भने अदालतले २०७८ वैशाख २८ गते बहुविवाह मुद्दामा १० महिना २९ दिनको कैद सजाय र १० हजार जरिवाना तोकेको थियो । पक्राउ परेका दुवैजनालाई बर्दिया जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण