कर्णालीमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो
शुक्रबार, ०८ असोज २०७८, २० : ०२
कर्णाली प्रदेशमा शुक्रबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६४ जनामा गरिएको आरटी–पीसिआर विधिबाट गरिएको कोरोना परीक्षणबाट ४१ जना र ७४ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
संक्रमण देखिनेमा सुर्खेतमा सबैभन्दा बढी ४४ जना रहेका छन् भने रुकुम पश्चिममा ५, कालिकोटमा १ र दैलेखमा २ जना रहेका छन् । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या ३३ हजार ३९० पुगेको छ । तीमध्ये ३१ हजार ४७२ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । शुक्रबार ५८ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।
प्रदेशभर सक्रिय संक्रमितको संख्या घटेर २७५ मा खुम्चिएको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण