कर्णालीमा सञ्चालनमा आयो प्रदेशकै पहिलो बीउ उद्योग
शनिबार, ०९ असोज २०७८, १२ : ४३
सुर्खेतमा कर्णाली प्रदेशको पहिलो बीउ उद्योग स्थापना भएको छ । प्रदेशमा शितल एग्रो बिजनेस प्रालिले कर्णाली सरकारको आर्थिक सहयोगमा बीउ उद्योग स्थापना गरेको हो । एग्रो बिजनेसलाई कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोग गरेको छ । उक्त सहयोगसँगै प्रदेशकै पहिलो बीउ उद्योग स्थापना भएको हो ।
३० लाखको लगानीमा सुरु भएको उद्योगले आफ्ना उत्पादन बजारमा समेत पठाउन सुरु समेत गरिसकेको छ । उद्योगलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब ३ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । उक्त रकम मुक्तिनाथ विकास बैंकले ४ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने छ ।
उद्योगले विभिन्न कृषि वस्तुका बीउ संकलन गरेर कर्णालीका कृषि समूह, सहकारी र किसानलाई उपलब्ध गराउने छ । कर्णालीमा उत्पादित बीउ बिजनको स्वदेशसँगै विदेशमा समेत उच्च माग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण