कालिकोटमा काँग्रेस अधिवेशन : पाँच पालिकामा को–को बने सभापति ?
नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जस अनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म फाइनल गर्ने गरी काँग्रेसका नेताहरु लागिपरेका छन्।
काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धीरा बम (महिला), तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ।
यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतीमा सर्वसम्मत चयन गरिएको छ। लैङ्गि आधारमा हेर्दा पाँच पालिका मध्ये पलाता गाउँपालिकामा मात्रै महिलालाई सभापति बनाईएको छ।
रास्कोट नगरपालिका, पचालझरना गाउँपािलका र सान्नीत्रिवेणीमा बेलुका सम्म सभापति चयन गरिसक्ने गरी गृहकार्य भईरहेको छ । त्यसका लागि शेरबहादु देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटिरहेका छन्।
साथै कालिकोटमा काँग्रेसले जिल्ला अधिवेशन पनि सर्वसम्मत गर्ने तयारी थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण