शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यशराज फिल्म्सका चार ठूला फिल्मको रिलिज डेट घोषणा

आइतबार, १० असोज २०७८, १५ : १४
आइतबार, १० असोज २०७८

आदित्य चोपडाले यशराज फिल्म्सको आफ्ना चार प्रमुख ठूला फिल्मको रिलिज गर्ने मिति घोषणा गरेका छन् । यी फिल्ममा बन्टी और बबली टु, पृथ्वीराज, जयेशभाइ जोरदार र शमशेरा समावेश छन् । वरुण वी. शर्माद्वारा निर्देशित फिल्म बन्टी और बबली २, १९ नोभेम्बर, २०२१ मा रिलिनज हुनेछ । यो फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र नवोदित शरवरी देखिनेछन् ।

यस्तै, यशराज फिल्म्सको ठूलो बजेटको फिल्म पृथ्वीराज २१ जनवरी २०२२ मा संसारभरी रिलिज हुनेछ । यो फिल्ममा अक्षय कुमार राजा पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन् । यस्तै, विश्व सुन्दरीको उपाधि जितिसकेकी मानुषी छिल्लर आफ्नो यो डेब्यू फिल्ममा संयोगिताको भूमिका निभाउनेछिन् । यस फिल्मको निर्देशन डा. चन्द्रप्रकाश द्विेदीले गरेका छन् ।

रणवीर सिंह र शालिनी पान्डे स्टारर फिल्म जयेशभाइ जोरदार अर्को वर्ष २५ फेब्रुअरीमा ठूलो पर्दामा देखिनेछ । दिव्यांग ठक्करको निर्देशनमा बनेको यो फिल्ममा रणवीर एक गुजराती व्यक्तिको भूमिका निभाइरहेका देखिन्छन् ।

यस्तै, रणबीर कपुर अभिनित फिल्म शमशेरा अर्को वर्ष १८ मार्चमा रिलिज हुनेछ । यो फिल्ममा रणबीर कपुरसँग अभिनेत्री वाणी कपुर पनि देखिनेछिन् । करण मल्होत्राद्वारा निर्देशित यो फिल्ममा सञ्जय दत्तको पनि मुख्य भूमिका हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप