काँग्रेस अधिवेशन : पाल्पाका १० मध्ये ९ वटा पालिकामा नेतृत्व चयन, सात वटामा सर्वसम्मत
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाका विभिन्न स्थानीय तहमा काँग्रेसको नेतृत्व चयन भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सात वटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने दुई पालिकामा निर्वाचन भएको छ । एउटा पालिकामा भने अधिवेशन स्थगित भएको छ ।
पालिका अधिवेशनबाट रामपुर नगर कार्यसमितिको सभापतिमा पुनः नेत्रप्रसाद भट्टराई निर्वाचित भएका छन् । कुल २०८ मत खसेकोमा भट्टराईले १२५ मत ल्याए । उनका प्रतिस्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गरेका थिए ।
नगर उपसभापतिमा देवबहादुर थापा मश्राङ्गी र ज्ञानप्रसाद भण्डारी निर्वाचित भएका छन् । मश्राङ्गीले १४५ र भण्डारीले १३० मत प्राप्त गरे ।
मतदान अधिकृत मुकुन्दराज गौतमका अनुसार सचिवमा चिरन्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित भएका छन् । यस्तै, सहसचिवमा आवास भट्टराई र राजन सुनार निर्वाचित भएका छन् । भट्टराईले ९६ र सुनारले ९१ मत प्राप्त गरे ।
नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ ।
रिब्दीकोट गाउँपालिकामा पनि मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको हो । सभापति पदमा रामचन्द्र पाण्डे ९७ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गरेका छन् ।
सर्वसम्मत नेतृत्व चयन भएका ७ वटा पालिकामध्ये निस्दी गाउँपालिकाको सभापतिमा पूर्णबहादुर खाँड, पूर्वखोलामा विष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, बगनासकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन भएका छन् ।
तानसेन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो ।
नगर सभापतिमा मोहन श्रेष्ठ र सुवर्णमुनी शाक्य दुवैले दाबी नछाडेपछि अधिवेशन रोकिएको र अहिले पनि सहमति कै प्रयास भएको जिल्ला पार्टी सभापति बिरबहादुर रानाले बताए । पाल्पामा कुनै गुटगत उम्मेदार नउठाई सहमतिमै उम्मेदवार उठाइएको र धेरैजसोमा सर्वसम्मत गराउन सफल भएको रानाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण