काँग्रेस अधिवेशन : सल्यान जिल्ला सभापतिमा देउवा पक्षकै दुई उम्मेदवार, स्थानीय तहमा को–को भए विजयी ?
सल्यानका १० वटै स्थानीय तहमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सभापतिमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षको समर्थनमा संस्थापन पक्षबाट केशवबहादुर विष्ट र पौडेल पक्षको समर्थनमा देउवा खेमाकै ध्रुव पुरी जिल्ला सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
पालिका सभापतिमा पनि सोही अनुसार नेतृत्व चयन भएको सल्यान जिल्लाका काँग्रेस उपसभापति निमबहादुर ओलीले रातोपाटीलाई जानकारी दिए । १० स्थानीयतहमा बागचौर नगरपालिकाको सभापतिमा चयन भएका दीपेश बिसीको गुट स्पष्ट छैन भने पाँच स्थानीय तहमा पौडेल पक्ष अथवा ध्रुव पुरीको टिमले जित हासिल गरेको छ ।
यस्तै देउवा पक्ष अर्थात् केशवबहादुर विष्टको टिमले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको १० पालिकामध्ये एक पालिकामा मात्र महिलाले नेतृत्वको अवसर प्राप्त गरेकी छन् ।
कुन स्थानीय तहमा को–को बने सभापति ?
—बागचौर नगरपालिका ः दीपेश विसी (गुट स्पष्ट छैन)
—कालिमाटी गाउँपालिका : गणेश केसी (पौडेल पक्ष)
—शारदा नगरपालिका : दिपक हमाल (पौडेल पक्ष)
—बनगाढ कुपिण्डे नगरपालिका : पुरुषोत्तम आचार्य (पौडेल पक्ष)
—शिद्धकुमाख गाउँपालिका : वीरबहादुर बुढाथोकी (देउवा पक्ष)
—कुमाख गाउँपालिका : इन्द्र शाही (देउवा पक्ष)
—दार्मा गाउँपालिका : कृष्णबहादुर ओली (देउवा पक्ष)
—कपुरकोट गाउँपालिका : एकराज ओली (पौडेल पक्ष)
—त्रिवेणी गाउँपालिका ः गंगाराम पुन (पौडेल पक्ष)
—छत्रेश्वरी गाउँपालिका ः सीता केसी (देउवा पक्ष)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
