काँग्रेस अधिवेशन : रोल्पामा सर्वसम्मत रुपमा नेतृत्व चयन, को–को चुनिए ?
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत रोल्पाका १० वटै स्थानीय तहमा अधिवेशन भएको छ । जिल्लाको एक नगरपालिकासहित ९ गाउँपालिकामा पार्टी नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।
काँग्रेसका जिल्ला सभापति अमरसिंह पुनमगरका अनुसार जिल्लाको एकमात्र नगरपालिका रहेको रोल्पा नगरपालिकाको सभापतिमा चन्दप्रकाश आचार्यलाई चयन गरिएको छ । यस्तै सुनछहरी गाउँपालिकामा कोमबहादुर बुढागमर, सुनिल स्मृतिमा मनबहादुर गिरी, गंगादेवमा मीनबहादुर खड्का, माडीमा नवराज डाँगीलाई सभापतिमा चयन गरिएको छ ।
परिवर्तन गाउँपालिकामा खड्कबहादुर घर्तीमगर, थबाङमा खरिलाल डाँगी, त्रिवेणीमा दुर्याेधन राना, रुन्टीगढीमा जनक पुन र लुंग्री गाउँपालिकामा जनक खड्का सभापतिमा चयन भएका छन् ।
नवनिर्वाचित सभापतिमध्ये गंगादेवका मीनबहादुर खड्का र लुंग्रीका जनक खड्का ५० वर्षमाथि उमेरसमूहका छन् । अन्य पालिकामा निर्वाचित सभापति ५० वर्षमुनिका रहेको काँग्रेसले जनाएको छ ।
रोल्पामा जिल्लाका स्थानीय तहमा नेकपा माओवादी केन्द्रको बर्चस्व छ । काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा कुनै प्रकारको आन्तरिक मतभेद नहोस् भनेर सहमतिबाटै पार्टीको पालिका नेतृत्व चयन गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण