राजनीतिक अस्थिरता बढेर गयो : महन्थ ठाकुर
सोमबार, ११ असोज २०७८, १२ : १२
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।
अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधन, मधेश आन्दोलनकारी माथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण