अनुहार सुन्दर बनाउन घ्यू, कसरी लगाउने ?
शुद्ध घ्यू स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । आयुर्वेदमा पनि घ्यूको फाइदाको बारेमा उल्लेख गरिएको छ । स्वास्थ्यसँगै छालाका लागि पनि घ्यू फाइदाजनक मानिन्छ । घ्यूमा फ्याटी एसिड, स्याचुरेटेड फ्याट, मोनो स्याचुरेटेड फ्याट, भिटामिन ए, बी, डी, के र ई आदि पाइन्छ । यसका साथै, घ्यूमा हिलिङ प्रोपर्टी पनि हुन्छ । जसले छालालाई निकै धेरै फाइदा गर्छ ।
छालामा घ्यू प्रयोग गर्न सकिन्छ । तर, यसमा अन्य चीजहरु मिसाएर लगाउँदा झनै धेरै फाइदाजनक हुन्छ ।
बेसन र घ्यू
यसका लागि एक चम्चा घ्यू, एक चम्चा बेसन र गुलाब जल मिसाउने । त्यसपछि आवश्यकताअनुसार गुलाब जल पनि मिसाउने । उक्त मिश्रणलाई अनुहारमा लगाउने र औंलाले विस्तारै मसाज गर्ने । त्यसपछि १५ मिनेटपछि मनतातो पानीले अनुहार पखाल्ने गर्नुपर्छ ।
घ्यू, काँचो दूध र चिनी
एक चम्पा घ्यु, एक चम्चा काँचो दूध र एक चम्पा चिनी मिसाएर स्क्रब बनाउने र त्यसले २ मिनेट अनुहारमा स्क्रब गर्ने । त्यसपछि अनुहार सफा गर्ने गर्दा अनुहार चम्किलो हुन्छ ।
घ्यू, बेसार र घ्युकुमारी
एक चम्चा घ्युकुमारीको जेल, आधा चम्चा घ्यू र एक चिम्टी बेसारको धुलो मिसाउने । यसलाई १० मिनेटसम्म अनुहारमा लगाएर छोड्ने । त्यसपछि विस्तारै मसाज गरेर मनतातो पानीले सफा गर्ने । यसले अनुहारमा भएका दाग धब्बा हराउँदै जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई इन्डियन्समाथि लखनउको सहज जित
-
श्रमजीवीको अधिकारको सुनिश्चितता नभएसम्म विकास र रूपान्तरण सम्भव छैन : प्रदेश प्रमुख परियार
-
संविधान बमोजिम श्रमिकको हक, हितको प्रबन्ध गर्न सबैको साझा प्रतिबद्धता आवश्यक छ : सभामुख घिमिरे
-
रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट
-
अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने युवा पक्राउ
-
नेपाल र वेस्ट इन्डिजबिच तेस्रो खेल आज, शृङ्खला १–१ को बराबरीमा