अनुहार सुन्दर बनाउन घ्यू, कसरी लगाउने ?
शुद्ध घ्यू स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । आयुर्वेदमा पनि घ्यूको फाइदाको बारेमा उल्लेख गरिएको छ । स्वास्थ्यसँगै छालाका लागि पनि घ्यू फाइदाजनक मानिन्छ । घ्यूमा फ्याटी एसिड, स्याचुरेटेड फ्याट, मोनो स्याचुरेटेड फ्याट, भिटामिन ए, बी, डी, के र ई आदि पाइन्छ । यसका साथै, घ्यूमा हिलिङ प्रोपर्टी पनि हुन्छ । जसले छालालाई निकै धेरै फाइदा गर्छ ।
छालामा घ्यू प्रयोग गर्न सकिन्छ । तर, यसमा अन्य चीजहरु मिसाएर लगाउँदा झनै धेरै फाइदाजनक हुन्छ ।
बेसन र घ्यू
यसका लागि एक चम्चा घ्यू, एक चम्चा बेसन र गुलाब जल मिसाउने । त्यसपछि आवश्यकताअनुसार गुलाब जल पनि मिसाउने । उक्त मिश्रणलाई अनुहारमा लगाउने र औंलाले विस्तारै मसाज गर्ने । त्यसपछि १५ मिनेटपछि मनतातो पानीले अनुहार पखाल्ने गर्नुपर्छ ।
घ्यू, काँचो दूध र चिनी
एक चम्पा घ्यु, एक चम्चा काँचो दूध र एक चम्पा चिनी मिसाएर स्क्रब बनाउने र त्यसले २ मिनेट अनुहारमा स्क्रब गर्ने । त्यसपछि अनुहार सफा गर्ने गर्दा अनुहार चम्किलो हुन्छ ।
घ्यू, बेसार र घ्युकुमारी
एक चम्चा घ्युकुमारीको जेल, आधा चम्चा घ्यू र एक चिम्टी बेसारको धुलो मिसाउने । यसलाई १० मिनेटसम्म अनुहारमा लगाएर छोड्ने । त्यसपछि विस्तारै मसाज गरेर मनतातो पानीले सफा गर्ने । यसले अनुहारमा भएका दाग धब्बा हराउँदै जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
-
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण