लुम्बिनीका मुख्यमन्त्रीसमक्ष काँग्रेसको ७ बुँदे माग
बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको नवनिर्वाचित कार्यसमितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई बुटवलका समस्या समाधान गर्न मागपत्र बुझाएको छ । मंगलबार नेपाली काँग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको नेतृत्वमा गएको टोलीले बुटवलमा रहेको समस्या समाधान गर्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई सात बुँदे मागपत्र बुझाएको हो ।
काँग्रेसले गत भदौ १३ गतेको पहिरोले बुटवल–३, ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित भएको स्मरण गराउँदै त्यहाँका पीडितलाई राहत प्रदान गर्न र दीर्घकालीन रुपमा समाधन गर्न माग गरेको छ ।
यसैगरी भदौ ११ गतेको वर्षाले बुटवल–११, वुद्धनगरका आधा दर्जनभन्दा बढी घर–परिवार घरबारविहीन बनेको भन्दै काँग्रेसले तिनको सवालमा पनि ध्यान दिन मुख्यमन्त्रीसमक्ष माग गरेको छ ।
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास–बेथरी सडक विस्तारलाई समेत तीव्रता दिन माग गरिएको छ । बुटवलका सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा शहरवासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै काँग्रेसले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयलाई तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताए । उनले लुम्बिनी प्रदेश सरकारले बुटवलको ज्योतिनगरको पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्धार, राहत तथा पुनःस्थापनाबारे ३ चरणका कार्य योजना बनाउने तयारी भएको पनि बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण