चर्को आलोचनापछि रत्न राजमार्गका खाल्टाखुल्टी टाल्न थालियो
सडक डिभिजन कार्यालय सुर्खेतले रत्न राजमार्गको वीरेन्द्रनगर खण्डमा खाल्टाखुल्टी टाल्न थालेको छ । केही अघि माटो ल्याएर खाल्टा भर्ने काम गरेपछि सर्वत्र आलोचना भएको थियो । अहिले भने खाल्टामा पिच गरेरै सडक मर्मतको काम थालिएको हो ।
खाल्टाखुल्टी पुर्ने नाममा लाखौँ रकम खर्च गर्ने तर, माटोले पुर्दा वर्षामा माटो बगेर जस्ताको तस्तै हुने अनि हिउँदमा धुलो उड्ने भन्दै यातायात व्यवसायीले आलोचना गरेका थिए । यसबारे रातोपाटीले पनि समाचार प्रकाशित गरेको थियो ।
कर्णाली प्रदेशका लागि ‘लाइफलाइन’का रुपमा रहेको रत्न राजमार्गमा सडक डिभिजनले खाल्टाखुल्टीमा धमाधम कालोपत्रे भर्न थालेको छ । बुलबुले–सुब्बाकुना क्षेत्रको बीचमा पर्ने (फोरलेन) सडक खण्डका खाल्टाखुल्टीमा कालोपत्रे भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी सजन पोखरेलले गत आर्थिक वर्षकै ठेक्काको बजेटबाट खाल्टाखुल्टी पिच गर्न लागिएको जानकारी दिइन् । उनले रातोपाटीसँग भनिन्, ‘नयाँ ठेक्का बुलबुले–बाङ्गेसिमलका लागि हुन्छ । बाँकी हर्रे–सुब्बाकुना खण्डमा नाली लगायतका काम गरिने छ ।’
पोखरेलका अनुसार हर्रे–बाङ्गेसिमलसम्म खाल्टाखुल्टी पुर्न र नाली बनाउन ४४ लाख बजेट छुट्याइएको छ । सो कामको जिम्मा प्रवीण निर्माण सेवा कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
