अस्ट्रेलियाको डार्विनमा हुने दसैँ महोत्सवको तयारी पूरा
अस्ट्रेलियाको डार्विन क्षेत्रमा दसैँ महोत्सव हुने भएको छ । नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीको आयोजनामा अक्टोबर २ मा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष युवराज पन्तले जानकारी दिए । गैरआवासीय नेपाली संघ अर्दन टेरिटोरीसमेतको सहआयोजनामा हुन लागेको महोत्सवमा नेपाली संस्कृति र सभ्यता झल्काउने प्रस्तुति रहनेछ ।
यस्तै दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूको समेत यो महोत्सवमा प्रस्तुति रहने एनआरएनए नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाईँले जानकारी दिए । महोत्सवको अन्य आकर्षणका रुपमा सांस्कृतिक नाच, लाइभ म्युजिक जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु पनि रहनेछन् भने सरकारी मन्त्री र उच्चपदस्थ पदाधिकारी तथा अन्य देश तथा समूदायका व्यक्तित्वहरुको समेत उपस्थिति रहने पन्तले जानकारी दिए ।
यस्तै नेपाली मः मः अस्ट्रेलियामा चिनाउने उद्देश्यले महोत्सवमा मःमको परिकार समेत राखिने भएको छ । फिलिपिनो कम्युनिटी सेन्टरमा हुने महोत्सवलाई स्थानीय सरकारको समेत सहयोग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण