सभामुख घर्तीद्वारा सानीभेरीमा मोटरेबल पुल उद्घाटन
रुकुम (पूर्व)को सिस्ने गाउँपालिका ६ र ३ लाई जोडने गरी सानीभेरी नदीमा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गरिएको छ । ६ वर्षपछि पूर्णता पाएको ८० मिटर लामो मोटरेबल पुलको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बिहीबार उद्घाटन गरेका हुन् । पुल उद्घाटन गर्दै सभामुख घर्तीले संघीयताको धर्म र मर्मअनुसार विकास निमार्णका काम भइरहेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारले जनताका समस्या सम्वोधन गरिरहेको बताए ।
२०७३ असार ३१ मा सम्झौता भएको उक्त पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न गरिसक्नुपर्ने थियो । सम्झौता अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक २०७५ पुष ३० मा साविक जिल्ला विकास समितिबाट म्याद थप भएको थियो । थप भएको अवधिमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटक २०७७ पुष ३० मा म्याद थप भएको सडक पूर्वाधार विकास कार्यालय रुकुम (पूर्व) का प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले बताए ।

उनका अनुसार दोस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि तेस्रो पटक २०७८ असार २५ मा म्याद थप भएको थियो । तेस्रो पटक थपिएको समयमा पुल निर्माणको कार्यले पूर्णता पाएको हो । पुल निर्माणको जिम्मा मृत संजीवनी निर्माण सेवा हेटौडाले लिएको थियो । उक्त कम्पनीले ८ करोड ८६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ १५ पैसामा पुल निर्माणको काम सम्पन्न गरेको हो ।
सानीभेरी नदीमा पुल निर्माण भएपछि रूकुमकोटदेखि सिस्ने गाउँपालिका ४ को दादिङ हुँदै डोल्पासम्म जोड्ने सडक खण्डमा यात्रा गर्न सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण