अब सहने छुट हामीलाई छैन : हिमानी शाह
पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’
हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ । त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन् । उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् । उनले भनिन्, ‘सबै जनसंख्यालाई खोप लगाउनुपर्नेछ । किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेछ ।’ कोषले विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण