रुपन्देहीमा चक्कु प्रहारबाट एक जनाको हत्या
गएराति रुपन्देहीको एक प्लाई उद्योगका कामदार बिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकामा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी त्यहीँका कामदारबीच झडप हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवधेश हरिजनको मृत्यु भएको हो ।
हरिजनलाई सोही उद्योगमा कार्यरत भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । ‘उनीहरु एउटै फ्याक्ट्रीका कामदारहरु हुन् । राति मापसे गरी एक आपसमा झडप हुन गई एक जनाको मृत्यु भएको छ । मृतकका बाबु गोपालचन्द हरिजन घाईते छन्,’ उनले भने, ‘हत्यामा संलग्न रवि सिंह पनि घाइते छन् र निजलाई नियन्त्रणमा लिइसकेका छौं ।’
उनका अनुसार रविले अवधेशलाई चक्कु प्रहार गरेपछि उनका बाबु गोपालचन्द्रलाई पनि चक्कु प्रहार गरेका थिए । अवधेशको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनका घाइते बाबु र हत्या आरोपित रवि सिंहको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भएको जनाइएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा मिल्ने सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण