शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका तीन कलाकार काठमाडौंमा

सोमबार, १८ असोज २०७८, २० : ५५
सोमबार, १८ असोज २०७८

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए ।

टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेको थियो ।

मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने बताइएको छ । यस्तै नेपालमा अन्य स्थानसमेत छनोट भएको बताइए पनि थप खुलाइएको छैन ।  यसैबीच अभिनेता अनुपम खेरले लामो समयपछि काठमाडौं आउने मौका मिलेको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप