अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान, अध्यक्षमात्रै घोषणा
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि नाराबाजी र कुर्सी हानाहान भएको छ ।
सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी भएपनि विधानविपरीत सदस्य संख्या थप्न खोजिएको तथा किस्ताबन्दीमा पदाधिकारी चयन गर्न खोजेको भन्दै प्रतिनिधिले नाराबाजी र कुर्सी हानाहान गरेका हुन् । विरोध र नाराबाजीपछि अध्यक्षबाहेक केन्द्रीय कमिटी घोषणा हुन नसकेको विद्यार्थी नेताहरुले बताएका छन् ।
निरन्तर नाराबाजीका कारण अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरिएको उनीहरुको भनाइ छ । फ्याक्सन इन्चार्ज हितमान शाक्यले अध्यक्षको घोषणा गरेपछि अन्य पदाधिकारीमा सहमति जुटाएर घोषणा गर्ने बताएका थिए । त्यसपछि सबै पदाधिकारी एकैपटक घोषणा गर्नुपर्ने भन्दै प्रतिनिधिहरू आक्रोशित बनेर सामान्य नाराबाजी र कुर्सी फालाफाल गरेको अखिल क्रान्तिकारीका विघटित केन्द्रीय कमिटीका केन्द्रीय सचिव क्षितिज सापकोटाले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय भएको थियो । महासचिवमा दीपेश पुनको नाम घोषणा गर्न लाग्दा प्रतिनिधिहरुले त्यसमा पनि विरोध जनाएका थिए । पुन यसअघि उपाध्यक्ष रहेका थिए ।
अखिल क्रान्तिकारीको विधानमा २५ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको विद्यार्थी नेताहरुले बताएका छन् । क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन १४ असोजबाट सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण