धादिङ समाज अष्ट्रेलियाको तेस्रो अधिवेशन सम्पन्न
नेपालको धादिङबाट अष्ट्रेलिया गएर बिभिन्न पेशामा संलग्न हुँदै आइरहेका धादिङवासीहरु बीचको साझा संस्था धादिङ समाज अष्ट्रेलियाको तेस्रो अधिवेशन तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०१४ मा किरण अधिकारीको अध्यक्षता गठन भएको धादिङ समाज अष्ट्रेलियाको ३ अक्टोबरका दिन जुम मार्फत सम्पन्न भएको साधारण सभाले अर्जुन केसीको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पनि चयन गरेको छ ।
कार्य समितिका अन्य पदाधिकारीहरु उपाध्यक्ष यज्ञ अधिकारी, महासचिब हरि अधिकारी, सचिब पुरुषोतम अधिकारी, कोषाध्यक्ष सनिता त्रिपाठी, प्रबक्ता बिनोद उप्रेती, वुमन कोअर्डिनेटर गीता लम्साल ओझा, युवा संयोजक रबिन्सन अधिकारी, सदस्यहरूमा सुमन परियार (एनएसडब्लु) करुणा अधिकारी (तस्मेनिया) सुस्मा छत्कुली (भिक्टोरिया), ज्योति स्मिखडा (भिक्टोरिया), अनुप जंग बानिया (एनएसडब्लु), बिदुर अधिकारी (एनएसडब्लु) चयन हुनु भएको छ। यसै गरि साधारण सभाले बिभिन्न स्टेटका लागि स्टेट संयोजक पनि चयन गरेको छ । जसमा एनएसडब्लु संयोजक शम्भु भण्डारी, एसीटि संयोजक राम चन्द्र उप्रेती, तस्मेनिया संयोजक उत्तम अधिकारी, भिक्टोरिया संयोजक बिनोद पौडेल, नर्दन टेइरिटोरि संयोजक नबिन भण्डारी, साउथ अष्ट्रेलिया संयोजक जीवन भण्डारी, पर्थ संयोजक दया राम थापा मगर र कुइन्सल्याण्ड संयोजक शम्भु सिम्खडा छन् ।
संस्थाले पब्लिक अफिसरको जिम्मेवारीपछि चयन गरेको गरिने जनाएको छ। यसै गरि संस्थाको सल्लाहकारमा संस्थाका संस्थापक अध्यक्ष किरण अधिकारी र निवर्तमान अध्यक्ष सबिन थपलिया विधानत: चयन भएका छन् भने अन्य सल्लाहाकार संस्थाले पछि चयन गर्ने पनि गर्ने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण