शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देही उद्योग संघको अध्यक्षमा पौडेल निर्विरोध

बिहीबार, २१ असोज २०७८, १७ : २२
बिहीबार, २१ असोज २०७८

रुपन्देही उद्योग संघको २२ औ अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा माधव पौडेलको एकल उम्मेदवारी परेको थियो । पौडेल निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भएपनि महासचिव पदमा भने निर्वाचन हुने संकेत देखिएको छ ।

निर्वाचन आयोगका अनुसार महासचिव पदमा हरिबहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ भने सचिव पदमा वसन्त ढकाल र यमलाल भट्टराईको उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयनको अन्तिम समय सम्म अध्यक्ष लगायतका अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्ष पदमा जीवकान्त काफ्लेको मात्रै एकल उम्मेदवारी परेको छ ।  संघको आगामी नेतृत्वका लागि आज उम्मेदवारी मनोनयनको तालिका रहेको थियो भने साधारणसभाको उद्घाटन असोज २३ गते बुटवलमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप