लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दैछ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशवासीको नारालाई साकार पार्न र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री केसीले त्यसका लागि लगानीकर्ता प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको बताए ।
उद्योग व्यापार सङ्गठन तिलोत्तमाको सातौं साधारणसभा एवम् चौथो अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उद्योग व्यवसाय प्रवद्र्धनका लागि सरकारले पछिल्लो चरणमा उद्योगमैत्री बजेट ल्याएको दाबी गरे । उनले राजनीतिक सङ्कट र कोभिडको सङ्क्रमणबाट थलिएको लुम्बिनी प्रदेश अहिले समृद्धितर्फ उन्मुख भएको बताए ।
मुख्यमन्त्री केसीले प्रदेश कोराना महामारीबाट निकै प्रभावित भएकाले अर्थतन्त्र चलायमान हुन नसक्दा केही समय समस्या भए पनि अब समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रलाई उत्थान गर्नका लागि विद्युत् महसुल र राजस्वमा छुट दिन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण