रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी
आइतबार, २४ असोज २०७८, १६ : ५३
१
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।
जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
औद्योगिक क्षेत्रमा भएको झडपमा गोली चल्दा २ जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण