रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी
आइतबार, २४ असोज २०७८, १६ : ५३
१
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।
जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
औद्योगिक क्षेत्रमा भएको झडपमा गोली चल्दा २ जना घाइते भएका थिए ।