शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु, ३१ जना घाइते

आइतबार, २४ असोज २०७८, १९ : ००
आइतबार, २४ असोज २०७८

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको हो ।  यसैगरी एक जनाको अवस्था गम्भीर रहेको छ ।

मेडिकल कलेजमा अहिले  ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ ।  यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि  गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन् । 

आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासी भनिएकाहरु र प्रहरीबीच झडप हुँदै आएको थियो भने  दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा दिन  प्रहरीले गोली चलाएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।

यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको  छ । हाल घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप