शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चुनावमा धोका दिनेलाई कारवाही गर्न कांग्रेसले बनायो समिति

शनिबार, १० असार २०७४, १९ : १२
शनिबार, १० असार २०७४

हेमन्त केसी 

जाजरकोट– नेपाली कांग्रेस जाजरकोटले चुनावमा धोका दिने नेता तथा कार्यकर्तालाई कारवाही गर्न एक समिति गठन गरेको छ । शनिवार जाजरकोट सदरमुकाममा वसेको जिल्ला कार्यसमितिको वैठले खड्क विसीको संयोजकत्वमा तीन सदिस्यीय समिति गठन गरेको हो । 

सोचेको भन्दा फरक परिनाम आएको भन्दै धोका दिने नेता तथा कार्यक्रतालाई कारवाही गर्न छानमिन समिति गठन गरिएको हो । छानमिन समितिको सदस्यामा महेन्द्र शाह, कालीवहादुर खत्री रहेका छन् । यो समितिले सावन १० गते भित्र चुनावमा धोका दिने नेता, कार्यक्रताको पत्ता लगाई कारवाहीका लागि सिफारिससहितको प्रतिवेदन जिल्ला पाटीलाई वुझाउने संयोजक खडक विसीले वताए । 

चर्को रकम असुलेर पाटीको उम्मेदवारलाई धोका दिएको , पाटी भित्र दुई लाईन संर्घष निर्माण गरि गुट उपगुट वनाएको लगाएका कुराहरु वैठकमा उठेका थिए । फरक पाटीमा रहेका दाजु भाईलाई सहयोग गरि आफ्नो आस्थाको पाटीलाई पुरै असहयोग गरेको लगायतका कुरा वैठकमा उठेको थियो ।

यत्ता टिकट विरणमा समेत भेदभाव भएको भन्दै चुनावको समयमा केही नेता कार्यक्रताले पाटीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको असन्तुष्टले वताएका छन् ।

छेडागाड नगरपालिका, शिवालय गाउँपालिका लगायतका ठाउँमा कांग्रेसले धोका खाएको वताउदै आएका छन् । जीत सुनिश्चित भइसकेको अवस्थामा पाटी भित्रका रुष्ट नेताहरुको कारण चुनाव हारिएको काँग्रेसका पराजित उम्मेदवारले आरोप लगाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप