वर्षाले कृषि बालीलाई राहत
वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताए । उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ । स्थानीयवासी सरस्वती सोमैले भनिन्, “काउली बन्दामा नियमित बिहान साँझ पानी बोकेर बिरुवाको फेदमा मात्रै राखिन्थ्यो, दैनिक पानी बोक्दा निकै सास्ती हुन्थ्यो, अहिले फल लाग्ने बेलामा पानी परेपछि धेरै सजिलो भयो ।”
कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखोबारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका काउली, बन्दा, आलु, सागलगायतका विभिन्न कृषि बालीलाई समयमा नै पानी परेपछि धेरै राहत मिलेको अगुवा कृषक दिलबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण