भद्रकालीमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजना घाइते
सोमबार, ०१ कात्तिक २०७८, २० : १९
काठमाडौंको भद्रकालीस्थित जंगी अड्डा नजिक भारतीय नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । बाग्मती प्रदेश ०२–०१९ प ७५७९ नम्बरको मोटरसाइकलमा सवार संगीता अधिकारी घाइते भएकी हुन् ।
सोमबार साँझ बिआर–४२६८ नम्बरको गाडीले सो मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो । भद्रकालीमा दुर्घटना गराएर भागेको सवारी र चालकलाई कोटेश्वरबाट नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले रातोपाटीलाई बताए । मोटरसाइकल पछाडि बसेकी अधिकारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण