रुपन्देहीमा ६ महिनामा ६ करोड मूल्य बराबरका अवैध सामान बरामद
रुपन्देही प्रहरीले पछिल्लो ६ महिनामा भन्सार छली गरी ल्याइएका झन्डै ६ करोड बराबरका सामान बरामद गरेको छ । वैशाख १ गतेदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । बरामद सामान भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार वैशाख महिनामा १ करोड ४ लाख ३ हजार ४ सय १२, जेठमा १२ लाख ७३ हजार ८ सय ८०, असारमा १ करोड ५ लाख २९ हजार ६ सय ९६, साउनमा १ करोड २४ लाख ९६ हजार ८ सय ९०, भदौमा ८५ लाख ४ हजार २ सय ८९ र असोजमा १ करोड ४४ लाख २ हजार १ सय १० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । त्यस्तै लु १२ प ४०५७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीका अनुसार कपडा, बेल्ट, मसला, पापड, जुत्ता, चिनी, सानो पटका, टप्स, मोबाइल डिस्प्ले, कपडा, स्मोकिङ पेपर जस्ता सामान समेत बरामद गरिएको बताए ।
उनले कात्तिक ३ र ४ गते पनि ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको बताए । भारतबाट ल्याएका समान भन्सार नतिरी विभिन्न ठाउँ पुर्याउने गरेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण