शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा आज कैलाली र बर्दियाको बाढी प्रभावित क्षेत्रको भ्रमणमा

शुक्रबार, ०५ कात्तिक २०७८, ११ : ४२
शुक्रबार, ०५ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाको बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षण गर्दैछन् । प्राकृतिक प्रकोपबाट भएको क्षतिको निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितलाई भेट्ने भएका हुन् ।

उनले बिहीबार डोटी, बैतडी, बझाङ र डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीले शुक्रबार कैलाली र बर्दियाको निरीक्षण भ्रमण गर्नेछन् ।

निरीक्षण सकेर प्रधानमन्त्री देउवा नेतृत्वको टोली दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप