प्रधानमन्त्री देउवा आज कैलाली र बर्दियाको बाढी प्रभावित क्षेत्रको भ्रमणमा
प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाको बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षण गर्दैछन् । प्राकृतिक प्रकोपबाट भएको क्षतिको निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितलाई भेट्ने भएका हुन् ।
उनले बिहीबार डोटी, बैतडी, बझाङ र डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीले शुक्रबार कैलाली र बर्दियाको निरीक्षण भ्रमण गर्नेछन् ।
निरीक्षण सकेर प्रधानमन्त्री देउवा नेतृत्वको टोली दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण