मध्य अफ्रिकन गणतन्त्रमा नेपाली शान्ति सेनाबाट विद्यालय पुनर्निर्माण
मध्य अफ्रिकन गणतन्त्रमा शान्ति मिसन अन्तर्गत तैनाथ नेपाली सेनाको टोलीले विद्यालय पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । जङ्गी अड्डास्थित नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रणशेर गणको सातौं डफ्फाले ‘मिनुस्का’ सँगको सहकार्यमा एटोङ्गो क्षेत्रमा रहेको विद्यालय पुनर्निर्माण गरी कार्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको हो ।
कोभिड–१९ का सम्पूर्ण मापदण्ड पालना गरी सञ्चालित हस्तान्तरण कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी लगायतको उपस्थिति रहेको निर्देशनालयले जनाएको छ ।
सो अवसरमा स्थानीय मेयरले विद्यालय पुनर्निर्माणले स्थानीय विद्यार्थीको शैक्षिक क्रियाकलापमा ठुलो टेवा पुग्ने विश्वास गर्दै ‘मिनुस्का मिसन’ मा नेपाली शान्ति सैनिकले गर्दै आइरहेको जनहितका कार्यबाट स्थानीय जनता तथा शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भएको धारणा राखेको पनि निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड
-
सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल
-
उपेन्द्र यादवद्वारा राजीनामा
-
राजनीतिमा आउलान् अल्लु अर्जुन ?
-
बढ्यो नेपाल टेलिकमको नाफा, ९ महिनामा कमायो ५ अर्ब ५९ करोड
-
सुनकोशी–मरिन डाभईभर्सन : सुरुङ ब्रेकथ्रुपछि के–के काम अझै छन् बाँकी ?