मध्य अफ्रिकन गणतन्त्रमा नेपाली शान्ति सेनाबाट विद्यालय पुनर्निर्माण
मध्य अफ्रिकन गणतन्त्रमा शान्ति मिसन अन्तर्गत तैनाथ नेपाली सेनाको टोलीले विद्यालय पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । जङ्गी अड्डास्थित नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रणशेर गणको सातौं डफ्फाले ‘मिनुस्का’ सँगको सहकार्यमा एटोङ्गो क्षेत्रमा रहेको विद्यालय पुनर्निर्माण गरी कार्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको हो ।
कोभिड–१९ का सम्पूर्ण मापदण्ड पालना गरी सञ्चालित हस्तान्तरण कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी लगायतको उपस्थिति रहेको निर्देशनालयले जनाएको छ ।
सो अवसरमा स्थानीय मेयरले विद्यालय पुनर्निर्माणले स्थानीय विद्यार्थीको शैक्षिक क्रियाकलापमा ठुलो टेवा पुग्ने विश्वास गर्दै ‘मिनुस्का मिसन’ मा नेपाली शान्ति सैनिकले गर्दै आइरहेको जनहितका कार्यबाट स्थानीय जनता तथा शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भएको धारणा राखेको पनि निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण