दाङमा गाडी दुर्घटना, ८ जना घाइते
शनिबार, ०६ कात्तिक २०७८, १५ : ०१
दाङको देउखुरीमा आज बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी लमही नगरपालिका–७ दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १७ वर्षीया मीना घर्ती, १५ वर्षीया रबिना घर्ती, १० वर्षीय विजय घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सीराम न्यौपाने घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लमहीमा नै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने
-
राष्ट्र बैंकलाई स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन अनिवार्य: अर्थमन्त्री वाग्ले
-
प्रत्येक १० मिनेटमा ध्रुवे हात्तीको गतिविधि निगरानी
-
सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
-
आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण