अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन
अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजले राजधानीमा प्रदर्शन गरेको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा आइतबार समाजले अफगानिस्तानका नागरिकको मानवअधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

धर्नामा राष्ट्रसंघ : अफगानिस्तानलाई नरक हुनबाट बचाउ, तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिबानको शासनमा स्वतन्त्रता कहाँ छ ?, तालिबानको पहिचान : महिलाको अपमान, तालिबानको शासनमा असुरक्षित महिला लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

धर्ना प्रदर्शनमा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेणुका पौडेल, सचिव नम्रता खरेल, अपिल समिति संयोजक बलबहादुर गाहा मगर लगायतका अधिकारकर्मीहरूको सहभागिता थियो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण