भारतीय प्रधानमन्त्री मोदी युरोप जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी–२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन अक्टोबर २९ देखि नोभेम्बर २ सम्म इटली, ग्लासगो र बेलायत जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा प्रधानमन्त्री मोदी यही अक्टोबर ३०–३१ सम्म रोममा हुनेछन् ।
शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु पनि सहभागी हुनेछन् । जी–२० अन्तर्राष्ट्रिय आर्थिक सहयोगका लागि प्रमुख ग्लोबल फोरमको रूपमा उभिएको छ । भारतले २०२३ मा पहिलो पटक जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।
इटालियन प्रेसिडेंसीअन्तर्गत आगामी शिखर सम्मेलन ’जनता, पृथ्वी, समृद्धि’ विषयको वरिपरि केन्द्रित रहनेछ । महामारीबाट उन्मुक्ति र विश्वव्यापी स्वास्थ्य व्यवस्थाको सुदृढीकरण, आर्थिक पुनरूत्थान र जलवायु परिवर्तन र ऊर्जा सङ्क्रमण, र दिगो विकास, खाद्य सुरक्षालगायत विषयमा यो सम्मेलनले गम्भीर छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा