नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य
भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् । भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।” उनले नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । नेपालको सुरक्षाका लागि पनि हिन्दू राष्ट्र जरुरी रहेको उनको दाबी छ ।
भैरहवाको महेन्द्र सभागृहको सभाहलमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोबरसम्म हिन्दूत्वको प्रभाव बढाउने पनि बताए । उनले भने, “पूरा एसिया महाद्वीप हिन्दू राष्ट्रका रूपमा स्थापित हुनेछ ।”
श्रीनिश्चलानन्दले सनातन आर्य बैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुव्र्यसनबाट मुक्त र आर्थिकरूपले पनि सम्पन्नशाली हुँदै जाने बताए। उनले पूरा विश्व अर्थको लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्ययम नै सनातन आर्य बैदिक हिन्दूत्वको अङ्गीकार भएको बताए।
नेपालका धर्मगुरुहरुको उपस्थिति रहेको उक्त धर्मसभामा शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो । कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्मसभामा शङ्कर खराल, डा. चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाका बारेमा आफ्ना धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण